काठमाडौं । आज ५ वटा कम्पनीको साधारणसभा हुँदैछ । शुक्रवार सिटिजन्स बैंक, गुराँस लाइफ इन्स्योरेन्स, रु रु जलविद्युत परियोजना, सेञ्चुरी क्यापिटल र बीओके क्यापिटलले साधारण सभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा सिटिजन्स बैंकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ ।
त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्सले कम्पनीको कार्यालय, तिनकुने, काठमाडौंमा ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा ७.४४२५ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ०.३९१७ प्रतिशत नगद लाभांश वितरण गर्ने, मर्जर÷एक्विजिसन सम्बन्धमा छलफल गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका रहेका छन् ।
रु रु जलविद्युत परियोजनाले पनि आज साधारण सभा गर्दैछ । सो कम्पनीले कम्पनीको बिहान १ बजे बानेश्वर भोज, थापागाउँ, काठमाडौंमा साधारणसभा बोलाएको छ । सो कम्पनीले १इ प्रतिशत बोनश शेयर र ०.५२६३ नगद लाभांश वितरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ ।
त्यस्तै, सेञ्चुरी क्यापिटलको सभा बिहान ११ बजे स्मार्ट दरबार भोज, धुम्बाराही, काठमाडौंमा बस्ने भएको छ । सो सभामा कम्पनीको लेखा परीक्षकको नियुक्ति, वित्तीय हाइलाइटहरू प्रस्तुत गर्ने लगायतका एजेण्डा प्रस्तुत हुनेछ । सो क्यापिटलले लाभांश भने दिएको छैन ।
बीओके क्यापिटलल पनि आज साधारण सभा गर्दैछ । क्यापिटलले कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा दिउँसो १ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ ।



