images
images

ब्रोकरका लागि ४५ कम्पनीको आवेदन, पब्लिक बनेर आए अधिकांश कम्पनी 


  • 391
    SHARES
  • २०७९ आश्विन ३१ गते सोमबार

    ब्रोकरका लागि ४५ कम्पनीको आवेदन, पब्लिक बनेर आए अधिकांश कम्पनी 

    काठमाडौं । ब्रोकरका लाइसेन्सका लागि ४५ वटा कम्पनीको आवेदन परेको छ । नेपाल धितोपत्र बोर्डले खुलाएको लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिनसम्म सो बराबरको आवेदन परेको हो । नेप्सेका अनुसार बोर्डमा आवेदन दिनुअघि सो बराबर कम्पनीले सिफारिस लिएर गएका छन् । 

    त्यसरी स,िपारिस लिने कम्पनीहरुमा हिमालयन ब्रोकरेज कम्पनी, भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि, कलश सेक्युरिटिज, एनएमबी सेक्युरिटिज, केबीएल सेक्युरिटिज, प्रोपर्टी बिजार्ड, सेयर प्रो सेक्युरिटिज, माछापुच्छ्रे सेक्युरिटिज, एनआईसी एसिया सेक्युरिटिज छन् । 

    त्यस्तै, सन् सेक्युरिटिज, मिल्की वे सेयर ब्रोकर कम्पनी, सनी सेक्युरिटिज, सजिलो ब्रोकर, पाही इन्भेस्टमेन्ट, मेगा स्टक ब्रोकर र मियो सेक्युरिटिज, एलिट स्टक हाउस, इन्डेक्स सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, जेबीएनएल सेक्युरिटिज, प्रभु स्टक मार्केट क्यापिटल, आरबीबी सेक्युरिटिज कम्पनी, एसपीएसबी सेक्युरिटिज, नबिल सेक्युरिटिज लगायतको समेत आवेदन परेको छ । 

    सानिमा सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, आकाशभैरव सेक्युरिटिज, ट्रेडमो सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र क्यापिटल हब रहेका छन् । यसका साथै गरिमा सेक्युरिटिज, स्टक्सकाट्र्स सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेज, सीबीआईएल सेक्युरिटिज, ब्ल्युचिप सेक्युरिटिज, इगल स्टक इक्विटी र इन्दिरा सेक्युरिटिजले पनि यस्तो आवेदन दिएका छन् । 

    अहिले आवेदन दिने अधिकांश कम्पनी पब्लिकमा दर्ता भएका छन् । अहिले बोर्डले २० करोड, ६० करोड र डेढ अर्ब चुक्ता पुँजीका ३ प्रकारका ब्रोकर कम्पनीको अवधारणा ल्याएको छ । 

    ब्रोकरका लागि आवेदन दिने म्याद सकिँदा स्टक एक्सचेञ्ज र कमोडिटिज एक्सचेञ्जको लाइसेन्सका लागि भने अझै १५ दिनको समय बाँकी छ ।


    images
    images

    Logo