images
images

सातामा १६ अंक बढ्यो नेप्से, आगामी साता के होला ?


  • 282
    SHARES
  • २०७९ आश्विन २९ गते शनिबार

    सातामा १६ अंक बढ्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से १६.८७ अंक बढेर १ हजार ८ सय ७० दशमलव ६३  विन्दुमा पुगेको छ । । बजार ५ कारोबार दिनमध्ये ३ कारोबार दिन उकालो लागेसँगै २ दिन गिरावट आएको थियो ।नेप्सेले सो बराबरको अंक कमाएको हो। यस साताको पहिलो कारोबार दिन र अन्तिम दुई कारोबार दिन नेप्से उकालो लागेको थियो।

    यस साता नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ। गत साता दैनिक औषतमा  ७१ करोडको शेयर कारोबार भएको बजारमा यस दिन  ७८ करोडको मात्र शेयर कारोबार भएको छ।  गत साता नेप्सेको कुल बजार पूँजीकरण २६ खर्ब ६४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २४ अर्ब रुपैयाँ बढेर २६ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। 

    साताको पहिलो दिन आइतबार परिसूचक नेप्से ४४.६२ अंकले बढेर १ हजार ८ सय ९८ दशमलब ३८ बिन्दुमा बन्द भएको थियो। साताको दोस्रो दिन नेप्से परिसूचक २७.१६ अंकले घटेर परिसूचक १ हजार ८ सय ७१दशमलव २२ बिन्दुमा बन्द भएको थियो। 

    साताको तेस्रो दिन नेप्से १६ अंकले घटेर १ हजार ८ सय ५५ को विन्दुमा पुगेको छ । आज कारोबार रकम घटेर ५५ करोड रुपैंयाँमा सीमित भएको थियो । साताको चौथो दिन बुधबार ११.३६ अंकले बढेर परिसूचक १ हजार ८ सय ६६ दशमलव ५२ विन्दुमा पुगेको छ । बुधबार ६९ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।  विहीबार सामान्य अंकले बढेको छ । 

    यता, देशमा चुनावी माहोल पनि सुरु भइसेकेको छ । चुनावको समयमा पैसा बजारमा आउने र बैंकिङ प्रणालीमा तरलता पनि केही सहज हुने आम बुझाई रहेको छ । यद्दपि, अझैपनि बैंक ब्याजदर उच्च रहेको छ । बैंकको ब्याजदरमा केही लचकता भएमा बजारलाई फाइदा पुग्ने देखिन्छ । 

    यस साता ३ कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता सिटिजन्स बैंकको बोनस शेयर र सयपत्री हाइड्रोपावर र पिपुल्स पावर लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

     

     

     

     


    images
    images

    Logo