काठमाडौं । अपर लोहोरे हाइड्रोपावरले आईपीओ निष्काशनको लागि बोर्डसँग अनुमति माग गरेको छ । हाइड्रोपावरले २४ लाख ९८ हजार कित्ता शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले असोज १३ गते निवेदन दिएको हो ।
कम्पनीले २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता शेयर निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो । उक्त कम्पनीले बाेर्डबाट अनुमति पाएपछि शेयर निष्काशन गर्नेछ ।