images
images

आज ४ कम्पनीको साधारणसभा हुँदै, कसले कति दिँदैछन् लाभांश ?


  • 743
    SHARES
  • २०७९ आश्विन २८ गते शुक्रबार

    आज ४ कम्पनीको साधारणसभा हुँदै, कसले कति दिँदैछन् लाभांश ?

    काठमाडौं । आज ४ वटा कम्पनीको साधारणसभा हुँदैछ । बिहीवार नेपाल ल्युब आयल, हथवे इन्भेष्टमेन्ट नेपाल, सिद्धर्थ क्यापिटल र सीबीआइएल क्यापिटलले साधारण सभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेका कम्पनीमा नेपाल ल्युब आयलले याक प्यालेस, पुल्चोक, ललितपुर बिहान ११ः३० बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले २५ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ । 

    त्यस्तै, हथवे इन्भेष्टमेन्ट नेपालले होटल एम्बेसेडर, लैनचौर, काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा १० प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका रहेका छन् । 

    सिद्धर्थ क्यापिटलले पनि आज साधारण सभा गर्दैछ । क्यापिटलले कम्पनीको प्रधान कार्यालय, नारायणचौर, नक्सालमा बिहान ३ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ । 

    त्यस्तै, सीबीआइएल क्यापिटलको सभा कम्पनीको दर्ता कार्यालय, डिल्लीबजार, काठमाडौं बस्ने भएको छ । सो सभामा कम्पनीको लेखा परीक्षकको नियुक्ति, निर्देशकको नियुक्ति लगायतका एजेण्डा प्रस्तुत हुनेछ । सो क्यापिटलले लाभांश भने दिएको छैन ।


    images
    images

    Logo