images
images

बाराही हाइड्रोपावरको आईपीओ कात्तिक ४ गतेदेखि, कति कित्ता दिने आवेदन ?


  • 559
    SHARES
  • २०७९ आश्विन २७ गते बिहीबार

    बाराही हाइड्रोपावरको आईपीओ कात्तिक ४ गतेदेखि, कति कित्ता दिने आवेदन ?

    काठमाडौं । बाराही हाइड्रोपावरको आईपीओ कात्तिक ४ गतेदेखि खुल्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले कुल २ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको छ । उक्त आईपीओमाबाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

    सो आईपीओ निष्काशन बन्द छिटोमा कात्तिक १८ गते हुनेछ भने ढिलोमा मंसिर ४ गते हुनेछ । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

    कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ।


    images
    images

    Logo