काठमाडौं । आज २ वटा कम्पनीको साधारणसभा हुँदैछ । बुधवार आइएमई लाइफ इन्स्योरेन्स र सानिमा क्पापिटलले साधारण सभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्सले लैनचौर काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले पुँजी वृद्धि गर्ने,आईपीओ जारी गर्ने, र लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ ।
त्यस्तै, सानिमा क्पापिटलले कम्पनीको दर्ता कार्यालय, नक्साल, काठमाडौंमा अपरान्ह ४ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा १५.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका रहेका छन् ।