images
images

२ दिनमै फिर्ता भयो नेप्सेको पहिलो दिनको उछाल, कारोबार घट्नुको संकेत के हो ?


  • 361
    SHARES
  • २०७९ आश्विन २५ गते मंगलबार

    २ दिनमै फिर्ता भयो नेप्सेको पहिलो दिनको उछाल, कारोबार घट्नुको संकेत के हो ?

    काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि बजार सकारात्मक बन्न सकेन । बजारमा चुनावी माहौल बढ्दै गर्दा शेयर बजार भने नकारात्मक बन्न पुगेको हो । 

    दशैंपछि पहिलोपटक आइतबार खुलेको बजारमा झण्डै ४४ अंकको उठाद आएको थियो । यसले बजारमा आशा जनाए पनि दोस्रो दिनदेखि नै खुसी टिक्ने सकेन । सोमबार करिब २७ अंकले घटेको नेप्से मंगलबार फेरि १६ अंकले घटेर १८५५ को विन्दुमा पुगेको छ । 

    आज कारोबार रकम घटेर ५५ करोड रुपैंयाँमा सीमित भएको छ । घट्दो ट्रेन्डको बजारमा १४२ कम्पनीको मूल्य घट्दा आज ३३ कम्पनीको मूल्य मात्रै बढेको छ । आज बजारमा ट्रेडिङ होटल र म्युचुअल फण्ड समूहमा झिनो वृद्धिबाहेक अरु सबै समूह नकारात्मक भएका छन् । 

    दशैंको ह्याङओभरका कारण दशैं बिदा अघिको अन्तिम दिन बजारमा ४१ करोडको मात्रै कारोबार हुनु बाहेक आजको कारोबार निकै कम हो । बजार खुलेको पहिलो दिन ६० करोडको कारोबार भएकोमा हिजो ७२ करोड रुपैयाँ पुगेको छ । 

    बजारको मार्केटडेफ्थमा हेर्दा आज क्रेताभन्दा बिक्रेता नै बढी देखिन्छ । बजार घट्दा पनि कारोबार कम हुनु र क्रिी अर्डर पर्याप्त हुनुले लगानीकर्ताहरु घट्दो मूल्यमा पनि शेयर किन्न तयार छैनन् भन्ने बुझाउँछ । यसले आगामी दिनमा बजार थप घट्ने संकेत गर्छ ।    


    images
    images

    Logo