images
images

फुटपाथ व्यापार हटाउने अभियानबाट कुनै हालतमा पछि हट्दैनौं : काठमाडौं महानगरपालिका


  • 401
    SHARES
  • २०७९ आश्विन १३ गते बिहीबार

    फुटपाथ व्यापार हटाउने  अभियानबाट कुनै हालतमा पछि हट्दैनौं : काठमाडौं महानगरपालिका

    काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथमा हुने व्यापार नियन्त्रण गर्ने अभियानबाट कुनै हालतमा पछि नहट्ने जनाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले बिहीवार विज्ञप्ती जारी गर्दै पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाउने उद्देश्य पूरा गर्न अहिले गर्दै आएका कामलाई निरन्तररता दिने उल्लेख गरेका हुन् । 

    दशैँको सन्दर्भमा फुटपाथ व्यापारीलाई जोडेर प्रकाशित समाचारप्रति ध्यानकर्षण भएको जनाउँदै महानगरपालिकाले फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ भन्ने वार्षिक नीति तथा कार्यक्रमको व्यवस्था स्मरण समेत गराएको छ । यो नीति प्रभावकारी रुपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको र गरिरहने प्रतिबद्धता समेत विज्ञप्तीमा व्यक्त गरिएको छ ।

    चाडपर्वको समयमा सामान्यभन्दा बढी फुटपाथको प्रयोग हुने भन्दै महानगरले यस्तो समयमा जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु समेतलाई किनमेलका लागि घरबाहिर निस्कन सक्नेगरी पैदल यात्राको सुरक्षा गर्नुपर्ने जिम्मेवारी आफ्नो भएको समेत जनाएको छ ।


    images
    images

    Logo