काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि ३ कम्पनीले निवेदन दिएका छन् । निवेदन दिनेमा मोदी इनर्जी लिमिटेड, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड र मेन्चियम हाइड्रोपावर पावर लिमिटेड रहेका छन् ।
मोदी इनर्जीले ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । उक्त आईपीओ निष्काशनको लागि कम्पनीले विक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।
त्यस्तै, सोनापुर मिनरल्सले १ अर्ब ३२ करोड बराबरको १ करोड ३२ लाख कित्ता शेयर निष्काशनको लागि बोर्डसँग अनुमति मागेको छ । सो कम्पनीको विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल रहेको छ ।
मेन्चियम हाइड्रोपावर पनि आईपीओ निष्काशनको लागि बोर्डको पाइपलाइनमा रहेको छ । सो कम्पनीले १६ करोड २७ लाख रुपैयाँ बराबरको १६ लाख २७ हजार कित्ता शेयर निष्काशनको अनुमति माग्दै बोर्डको पाइपलाइनमा पुगेको हो । विद्युत नियामक आयोगबाट पूर्व स्वीकृति दिईएको छ । कम्पनीले विक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटललाई नियुक्त गरेको छ ।
यी तीनवटै कम्पनीले सेबोनको स्वीकृती पाएपछि आईपीओको थप प्रक्रिया अगाडी बढाउनेछन् ।



