images
images

नेप्सेले गर्यो २ बैंकको शेयर कारोबार रोक्का


  • 1.1K
    SHARES
  • २०७९ आश्विन ११ गते मंगलबार

    नेप्सेले गर्यो २ बैंकको शेयर कारोबार रोक्का

    काठकमडौं । नेप्सेले २ बैंकको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले मंगलवार कुमारी बैंक र एनसीसी बैंकको शेयर कारोबार रोक्का गरेको हो । 

    दुबैं बैंकले एक आपसमा मर्जरमा जान सम्झौता गरेसँगै नेप्सेले दोस्रो बजारमा हुने कारोबार रोक्का गरेको हो । दुबै बैंकले सोमवार मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

    दुई बैंकबीच १ बराबर १ को अनुपातमा मर्जरमा जाने निर्णय गरेका छन् । अर्थात कुमारी बैंकको १ कित्ता शेयर बराबर एनसीसी बैंकको १ कित्ता नै हुनेगरि स्वाप रेसियो तय गरिएको छ ।

    सो सम्झौता पत्रमा कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोलाले हस्ताक्षर गरेका छन् । 


    images
    images

    Logo