images
images

सेवोनको प्रष्टीकरण, ‘नेप्सेको तथ्यांक शुल्क बढाएका छैनौँ’


  • 343
    SHARES
  • २०७९ आश्विन १० गते सोमबार

    सेवोनको प्रष्टीकरण, ‘नेप्सेको तथ्यांक शुल्क बढाएका छैनौँ’

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेप्सेको तथ्यांक शुल्क नबढाएको प्रष्ट पारेको छ । बोर्डले विज्ञप्ति जारी गर्दै त्यस्तो शुल्क ६ गुणसम्म बढाइएको भन्ने समाचार तथ्यहिन भएको भन्दै खण्डन गरेको हो । 

    नेप्सेले तथ्यांक सम्बन्धी कुनै पनि शुल्क लिँदा सेवोनबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । यसअनुसार नेप्सेले तथ्यांक शुल्क सम्बन्धी कार्यविधि बनाएर स्वीकृतिका लागि सेवोनमा पठाएको थियो । सेवोनले नेप्सेले गरेको प्रस्तावमा बढाएर शुल्क निर्धारण गरेको भन्दै समाचार बहिरिएको थियो । 

    विज्ञप्तिमा बोर्डले नेप्सेको प्रस्ताव अनुसार नै कार्यविधि स्वीकृत गरिएको उल्लेख गरेको छ । कार्यविधिमा तथ्यांक प्राप्त गर्दा वार्षिक १० हजारदेखि १ लाखसम्म शुल्क तोकिएको छ । 


    images
    images

    Logo