काठमाडौं । सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँटको मिति तोकिएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलका अनुसार मंगलवार आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओ आइपीओ प्रि अलोटमेन्ट असोज ७ गते शुक्रवार हुने भएको छ । कम्पनीले भदौ २९ गते देखि असोज २ गतेसम्म सर्वसाधारणका लागि ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो ।
सो आईपीओमा मागभन्दा धेरै आवेदन परेको छ । यसकारण आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । हाइड्रोपावरको आईपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट १ करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताको लागि आवेदन परेको हो ।
कम्पनीले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५७ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १० लाख ५८ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका हुन् ।आईपीओ न्यूनतम १० कित्ताका दरले १ लाख ८ हजार ८सय जनाले मात्र हात पार्नेछन् ।



