images
images

२ म्युचुअल फण्डलाई इकाई निष्काशनको लागि बोर्डले दियो अनुमति 


  • 342
    SHARES
  • २०७९ भाद्र ३० गते बिहीबार

    २ म्युचुअल फण्डलाई इकाई निष्काशनको लागि बोर्डले दियो अनुमति 

    काठमाडौं । २ म्युचुअल फण्डलाई इकाई निष्काशनको लागि बोर्डले धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले एनआइबीएल फ्लेक्सी क्याप फन्ड र सानिमा ग्रोथ फन्डलाई अनुमति दिएको हो । 

    बोर्डले एनआइबीएस एस क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘एनआइबीएल फ्लेक्सी क्याप फन्ड’ लाई ७ करोड ५० लाख इकाई बिक्री गर्न अनुमति दिएको छ । एनआइबीएल एसको यो खुलामुखी योजना हो । योजनाले भदौ २७ गते इकाई बिक्री गर्ने अनुमति पाएको हो।

    यस्तै, सानिमा क्यापिटल कोष व्यवस्थापक रहेको सानिमा ग्रोथ फन्डले पनि १२ करोड इकाई म्युचुअल फन्ड जारी गर्दछ। फन्डले प्रति इकाई १० रुपैयाँका दरले कुल १ अर्ब २० करोड रुपैयाँ बराकर इकाई निष्कासन गर्ने लागेको हो। योजनाले भदौ २८ गते इकाई बिक्री गर्ने अनुमति पाएको हो।


    images
    images

    Logo