images
images

नयाँ ब्रोकर लाइसेन्सको बाटो खुल्यो, चुक्ता पुँजी ६० करोड, ५१ लाख शुल्क


  • 749
    SHARES
  • २०७९ भाद्र २८ गते मंगलबार

    नयाँ ब्रोकर लाइसेन्सको बाटो खुल्यो, चुक्ता पुँजी ६० करोड, ५१ लाख शुल्क

    काठमाडौं । नयाँ ब्रोकर लाइसेन्सका लागि धितोपत्र बोर्डले बाटो खुला गरेको छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (चौथो संशोधन) नियमावली २०७९ जारी गर्दै धितोपत्र बोर्डले यस्तो बाटो खुला गरेको हो । 

    नियमावली अनुसार अबको केही दिनमै बोर्डले नयाँ ब्रोकरका लागि आवेदन खुला गर्नेछ । २५ दिन दिएर खुला हुने आवेदनको समयावधिभित्र आवेदन दिने ब्रोकरलाई बोर्डले आवश्यक जाँचबुझ गरी लाइसेन्स दिने जनाएको छ ।

    बोर्डले पूर्ण कार्य गर्ने नयाँ ब्रोकरका लागि १ लाख रुपैयाँ आवेदन शुल्क, ५० लाख रुपैयाँ लाइसेन्स शुल्क र वार्षिक शुल्क ३ लाख रुपैयाँ तोकेको छ । आंशिक कार्य गर्ने ब्रोकरका हकमा यस्तो शुल्क आधा मात्रै लिनेगरी शुल्क निर्धारण गरिएको छ । 

    नयाँ ब्रोकरको चुक्ता पुँजी ६० करोड रुपैयाँ हुनुपर्ने, कार्यालय कम्तीमा १ हजार वर्गफिटमा फैलिएको हुनुपर्ने, ३ थान कम्युटर र कम्तीमा ५ जना कर्मचारी हुनुपर्ने व्यवस्था गरिएको छ । आंशिक कार्य गर्ने ब्रोकरको पुँजी भने २० करोड रुपैयाँमा सीमित राखिएको छ ।

    त्यस्तै, धितोपत्र व्यापारी (मर्चेन्ट बैंकर) को लाइसेन्सका लागि २ लाख रुपैयाँ आवेदन दस्तुर, १ करोड रुपैयाँ अनुमतिपत्र दस्तुर तथा वार्षिक ५ लाख रुपैयाँ शुल्क निधाएरण गरिएको छ । यस्ता व्यापारीहरुको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ । 


    images
    images

    Logo