काठमाडौं । २ हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनको लागि बोर्डसँग अनुमति माग गरेको छ । अनुमति माग गर्नेमा सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावरले आईपीओ निष्काशनको लागि बोर्डसँग अनुमति माग गरेको हो ।
सगरमाथा हाइड्रोपावरले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि कुल ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता सेयर निष्काशनको लागि अनुमति माग गर्दे आवेदन दिएको हो । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । बोर्डमा सगरमाथाले भदौ ९ गते आवेदन दिएको हो ।
त्यस्तै, माईखोला हाइड्रोपावरले १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता सेयर निष्काशनको लागि अनुमति माग गर्दे आवेदन दिएको हो । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । कम्पनीले भदौ २२ गते आवेदन दिएको हो ।



