images
images

नेप्सेकाे प्रतिस्पर्धी कम्पनी खाेल्ने नियमावली स्वीकृत, के के छन् नयाँ व्यवस्था ?


  • 372
    SHARES
  • २०७९ भाद्र २३ गते बिहीबार

    नेप्सेकाे प्रतिस्पर्धी कम्पनी खाेल्ने नियमावली स्वीकृत, के के छन् नयाँ व्यवस्था ?

    काठमाडौं । नेप्सेकाे प्रतिस्पर्धी कम्पनी खाेल्ने नियमावली स्वीकृत भएकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र नियमावली २०६४ संशोधन गर्दै नयाँ ब्रोकरको लाइसेन्स दिन बाटो खोलेको छ। बोर्डले चुक्ता पुँजीमा गरेको प्रस्तावलाई परिमार्जन गर्दै अर्थले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो।

    यसअघि ५ करोड रुपैयाँ चुक्ता पुँजी भएपछिनयाँ स्टक खोल्न पाइने व्यवस्था रहेकाे थियाे भने नियमावली संशोधन पछि ३ अर्ब रुपैयाँ पुर्‍याइएको छ ।

    नयाँ स्टक एक्सचेन्जले एकल सेयरधनीलाई मात्र अधिकतम १५ प्रतिशत होल्डिङको लागि अनुमति दिन्छ। यसअघि १० प्रतिशत मात्रै राख्ने व्यवस्था थियो । लगानी पहिले बैंक, वित्तीय संस्था, स्टक ब्रोकर र सार्वजनिक रूपमा व्यापार गर्ने उद्यमीहरूमा सीमित थियो भने अब संस्थागत लगानीकर्ताले पनि ऐनमा नयाँ व्यवस्था बमोजिम सेयर बजारमा लगानी गर्न पाउने भएका छन् ।

    त्यस्तै निजि कम्पनीले समेत लगानी गर्न पाउने गरि अर्को स्टक एक्सचेन्ज ल्याउने गरि गरिएको संशोधन प्रस्ताव पनि मन्त्रिपरिषद  बैठकले स्वीकृत गरेको छ  । मन्त्रीपरिषद्ले परिवर्तित नियमावली पाश गरेसँगै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खुलाइने भएको छ । 


    images
    images

    Logo