images
images

एशियन लाईफको साधारणसभा असोज १३ गते, २६ लाख कित्ता संस्थापक शेयर साधारण बन्ने


  • 355
    SHARES
  • २०७९ भाद्र २३ गते बिहीबार

    एशियन लाईफको साधारणसभा असोज १३ गते, २६ लाख कित्ता संस्थापक शेयर साधारण बन्ने

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले असोज १३ गते साधारणसभा बोलाएको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले सभा होटेल क्लासिक सिमरा, बारामा बिहान ११ बजे बस्ने भएको छ । सभाको मिटिङ्ग आईडी तथा पासवर्ड इमेल मार्फत उपलब्ध गराइने इन्स्योरेन्सले जनाएको छ । 

    उक्त सभाले संस्थापक र साधारण शेयरको ६०ः४० अनुपातलाई बीमा स्वीकृती पश्चात परिर्वतन गरि ५१ः४९ कायम गर्ने भएको छ । यसरी शेयर अनुपात परिर्वतन गर्दा संस्थापकमा रहेको २६ करोड १७ लाख रुपैयाँ बराबरको २६ लाख १७ हजार कित्ता शेयर साधारण शेयरमा परिणत हुनेछ । 

    साथै, सो सभाले कम्पनीले प्रस्ताव गरेको १४.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गर्ने भएको छ । 


    images
    images

    Logo