काठमाडौं । धितोपत्र बोर्डले नयाँ स्टक सञ्चालन प्रक्रिया सुरु गरेको छ । बोर्डले नयाँ स्टक एक्सचेञ्ज सञ्चालन गर्न न्युनतम चुक्त्ता पुँजी ३ अर्ब रुपैयाँ प्रस्ताव गरी नियमावलीलाई संशोधनको लागि पठाएको हो । हालसम्म नियमवालीमा स्टक एक्सचेञ्जको न्युनतम पुँजी ५ करोड रुपैयाँ रहने व्यवस्था रहेको थियो ।
हाल बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचिकृत संगठित संस्थाले मात्र धितोपत्र बजारको सेयरमा लगानी गर्न सक्ने व्यवस्था छ । तर, संशोधन मस्यौदामा भने यी बाहेकका अन्य संस्थागत लगानीकर्ताले समेत लगानी गर्ने सक्ने व्यवस्था गर्न लागिएको बोर्डले जनाएको छ ।
सरकारको निर्देशन अनुसार बार्डले नयाँ स्टक एक्सचेञ्जको लागि धितोपत्र बजार सञ्चाल नियमवाली २०६४ को संशोधनको प्रस्तावर स्वीकृत गरेको छ । उक्त नियमवाली स्वीकृत गरि अर्थमन्त्रालयमा अन्तिम स्वीकृत गर्नेको लागि पठाएको छ ।



