काठमाडौं । सिर्जनशील लघुवित्तको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले जारी गरेको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर आजदेखि बिक्री खुला भएको हो । यसमध्ये ५ हजार ४ सय ७० कित्ता कर्मचारीलाई र १९ हजार ६ सय ९० कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी रहेको शेयर सर्वसाधारणलाई वितरण हुनेछ ।
सिराहाको गोलबजार मुख्य कार्यालय भएको सो लघुवित्तले गत आर्थिक वर्षमा मात्रै ९३ रुपैयाँ प्रतिशेयर आम्दानी कमाएको छ । नेटवर्थ ३ सय २ रुपैयाँ भएको कम्पनीको पहिलो शेयर कारोबार नै ९ सय ६ रुपैयाँसम्म हुन सक्नेछ ।