images
images

पिपुल्स पावरको आईपीओे बाँडफाँट, २ जनाले पाए ११ कित्ता शेयर


  • 394
    SHARES
  • २०७९ भाद्र १२ गते आइतबार

    पिपुल्स पावरको आईपीओे बाँडफाँट, २ जनाले पाए ११ कित्ता शेयर

    काठमाडौं । पिपुल्स पावरको आईपीओे बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा बाँडफाँट भएको हो ।

    कम्पनीको शेयरमा १५ लाख ५१ हजार ४ सय १३ वटा योग्य आवेदन परेको छ । जसमध्ये  २ लाख २९ हजार ४ सय ६८ जनालाई न्युनतम १० कित्ताको दरले २२ लाख ९४ हजार ६ सय ८० कित्ता शेयर वितरण गरिएको छ ।

    त्यसपछि बाँकि भएको २ कित्ता शेयर थप दुई जनालाई १/१ कित्ता वितरण गरिएको छ । कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गते प्रतिकित्ता १ सय अंकित मूल्यका २४ लाख ६७ हजार ४ सय कित्ता शेयर निष्काशन गरेको थियो ।

    त्यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३ सय ४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३ सय ७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको हाे । बाँकी २२ लाख ९४ हजार ६ सय ८२ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो ।


    images
    images

    Logo