images
images

३ रुपैयाँ मात्रै लिन पाउने भएपछि बैंकहरुले थाले निःशुल्क सी–आश्वा


  • 491
    SHARES
  • २०७९ भाद्र १० गते शुक्रबार

    ३ रुपैयाँ मात्रै लिन पाउने भएपछि बैंकहरुले थाले निःशुल्क सी–आश्वा

    काठमाडौं । शेयर भर्दा लाग्ने शुल्क (सीआश्वा) कडाइसँगै बैंकहरुले उक्त सेवा निःशुल्क गर्न थालेका छन् । नेपाल धितोपत्र बोर्डले उक्त सेवामा लाग्दै आएको अधिकतम मूल्यलाई ९५ प्रतिशत घटाएर ५ रुपैयाँ कायम गरेसँगै बैंकहरुले यस्तो सेवा निःशुल्क गर्न थालेका हुन् । 

    बोर्डले धितोपत्र सार्वजनिक निष्कासन निर्देशिका जारी गर्दै यस्तो शुल्क अधिकतम ५ रुपैयाँ कायम गरेको थियो । यसरी शुल्क लिँदा समेत १ रुपैयाँ बिक्री प्रबन्धक र १ रुपैयाँ सीडीएसलाई दिनुपर्ने व्यवस्था भएसँगै बैंकहरुले ३ रुपैयाँ मात्रै शुल्क लिन पाउने अवस्था थियो । 

    सो प्रावधानपछि बैंकहरुले सेवा निःशुल्क गर्ने तयारी थालेका छन् । जसमध्ये सानिमा बैंकले यसलाई निशुल्क बनाउने घोषणा गरिसकेको छ । यसअघि बैंकले १० रुपैयाँ शुल्क लिँदै आएको थियो ।  त्यस्तै सबैभन्दा बढी शुल्क स्ट्यान्डर्ड चार्टर्ड बैंक १०० रुपैयाँ थियो । अन्तिम समयसम्म नबिल बैंकबाहेक सबै बै‌कहरुले यस्तो शुल्क लिन थालेका थिए । 


    images
    images

    Logo