images
images

नेपाल प्रहरीका १३ जना इन्स्पेक्टरको काज सरुवा, को कहाँ पुगे ?


  • 4.2K
    SHARES
  • २०७९ भाद्र ९ गते बिहीबार

    नेपाल प्रहरीका १३ जना इन्स्पेक्टरको काज सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) को काज सरुवा भएको छ । बिहिवार नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंहले १३ जना इन्स्पेक्टरको काज सरुवा गर्ने निर्णय गरेका हुन् । 

    यसरी सरुवा हुनेमा देवेन्द्र कुमार मल्ललाई लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेबाट कर्णली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा सरुवा गरिएको छ भने जंग बहादुर शाहलाई नेपाल प्रहरी पहरा गण सामाखुसी काठमाडौंमा खटाइएको छ । 

    त्यस्तै, नारायण थापालाई नेपाल प्रहरी प्रधान कार्यालय कानून शाखा नक्सालमा पठाइएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा नरबहादुर साउदलाई खटाइएको छ । अख्तियार दुरुपयोग अनुशन्धार आयोग केन्द्रिय कार्यालय प्रहरी महाशाखा टंगालमा सुजता तुम्वाहाङ्फेलाई पठाइएको छ । 

    1.jpg

    2.jpg


    images
    images

    Logo