images
images

धौलागिरि लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न, कति जनाले पाए ११ कित्ता ?


  • 567
    SHARES
  • २०७९ भाद्र ८ गते बुधबार

    धौलागिरि लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न, कति जनाले पाए ११ कित्ता ?

    काठमाडाैं । धौलागिरि लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बुधवार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय, कमलपोखरीमा सो शेयर बाँडफाँट गरिएको हो।

    सो आईपीओमा परेको कुल आवेदनमध्ये १८ लाख ६४ हजार ६ सय ४० जनाको आवेदन स्वीकृत भएको छ भने १ हजार २ सय ८६ आवेदन अस्वीकृत भएको छ।

    उक्त शेयरमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ। स्वीकृत आवेदनमध्ये ३० हजार ९ सय २९ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। भाग्यमानी ५ जनाले थप १ कित्ता अर्थात ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

    लघुवित्तले साउन २४ गतेदेखि २९ गतेसम्म ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको थियो। कुल कित्ता शेयरमध्ये ५ हजार १ सय ५५ कित्ता कर्मचारीहरुका लागि र १६ हजार ५ सय ५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याएर बाँकी ३ लाख ८ हजार २ सय ९५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो। सोही शेयर आज बाँडफाँट गरिएको हो । 


    images
    images

    Logo