काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज परिसूचक १.८१ अंकले बढेर २ हजार ५४ दशमलव ९५ को विन्दुमा पुगेको छ । २ सय २२ स्क्रिपको १ अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ४० लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज ७१ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ४ कम्पनीको शेयर मुल्य घटेको छ भने ११ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । नेप्सेमा झिनो सुधार आउँला ७ कम्पनीको शेयर समूहमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.३७ प्रतिशत, ब्यापार समूहको ०.५२ प्रतिशत, हाइड्रोपावर समूहको ०.०२ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.५८ प्रतिशत, अन्य समूहको ०.०४ प्रतिशत, जीवन बीमा समूहको ०.०९ प्रतिशतले शेयर मूल्य बढेको हो भने बाँकीको ६ कम्पनीको शेयर समूहमा गिरावट आएको छ ।
आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १४ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, रिडी पावर कम्पनीको ७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावर कम्पनीको ५ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, मंगलबार रुरु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने मन्दाकिनी हाइड्रोपावरको ९.९९ प्रतिशत, अपरहेवाखोला हाइड्रोपावरको ९.९७ प्रतिशत



