images
images

श्रृजनशील लघुवित्तको आईपीओ भदौ १५ गतेदेखि


  • 1.2K
    SHARES
  • २०७९ भाद्र ७ गते मंगलबार

    श्रृजनशील लघुवित्तको आईपीओ भदौ १५ गतेदेखि

    काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ भदौ १५ गतेदेखि खुल्दैछ। लघुवित्तले सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । 

    लघुवित्तले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्ने भएको छ।

    निष्काशन गर्न लागेको कुल ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयरमध्ये जारी पूँजीको  ५ हजार ४ सय ७० कित्ता कर्मचारीहरुका लागि र १९ हजार ६ सय ९० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयरमा सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

    सो आइपीओमा छिटोमा भदौ १९ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। 

    इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।


    images
    images

    Logo