images
images

इष्टर्न हाइड्रोपावरको आईपीओ आजदेखि


  • 624
    SHARES
  • २०७९ भाद्र ७ गते मंगलबार

    इष्टर्न हाइड्रोपावरको आईपीओ आजदेखि

    काठमाडौं । इष्टर्न हाइड्रोपावरको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि सो आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको ६ लाख २० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको छ। सो शेयरमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पुर्ण स्थायी बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

    सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यस्तो निष्काशन बन्द छिटोमा भदौ २१ गते हुनेछ भने ढिलोमा असोज ५ गते हुनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्केट रहेको छ। इच्छुक लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।


    images
    images

    Logo