काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ । आज एक कार्यक्रममा अभियान लघुवित्त र कुमारी क्यापिटल बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको हो ।
कुमारी क्यापिटल लिमिटेडका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्तको तर्फबाट रोशन कुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता सँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल गर्ने क्यापिटलले जनाएको छ ।
राष्ट्रिय स्तरको अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारण लाई शेयर जारी गरे पश्चात चुक्ता पूँजी २५ करोड पु¥याएको छ ।



