images
images

धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट हुने मिति सर्यो, अब कहिले हुन्छ ?


  • 811
    SHARES
  • २०७९ भाद्र ६ गते सोमबार

    धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट हुने मिति सर्यो, अब कहिले हुन्छ ?

    काठमाडाै‌ । धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट हुने मिति सरेको छ । अब लघुवित्तको आइपीओ  बुधबार मात्र बाँडफाँट हुने भएको छ । 

    बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार यसअघि मंगलबार भदौ ७ गते गर्ने भनेको थियो तर, केही काम बाँकी रहेकोले मंगलबारको सट्टा बुधबार बाँडफाँट गर्ने भएको छ । 

    लघुवित्तको आईपीओमा मागभन्दा ७०.२२ गुणा बढी आवेदन परेको छ । यसकारण आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । क्यापिटलका अनुसार ३० हजार ९ सय २९ जनाले मात्र उक्त आईपीओ पाउने भएका छन् । भने १९ लाख २१ हजार ५ सय ३१ जनाको भने हात खाली हुने भएको छ ।

    कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको थियो । जसमा कुल १९ लाख ५२ हजार ४ सय ६० जनाले २ करोड १७ लाख २१ हजार ५ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । त्यस्तै, २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बरारको आवेदन परेको छ । 


    images
    images

    Logo