काठमाडौं । अब शेयर भर्दा ५ रुपैयाँ मात्रै लाग्ने भएकाे छ । नेपाल धिताेपत्र बाेर्ड सञ्चालक समिति बैठकले आइतबार यस्ताे शुल्क घटाउने निर्णय गरेकाे हाे ।
यसअघि यस्ताे शुल्क १०० रुपैयाँ लिन पाउने व्यवस्था थियाे । अब लिन पाउने शुल्कमध्ये १ रुपैयाँ बिक्री प्रबन्धक, एक रुपैयाँ सीडीएस एण्ड क्लियरिङ लिमिटेड र बाँकी ३ रुपैयाँ सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाले प्राप्त गर्नेछन् ।
नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष रमेश हमालले याे निर्णयबाट आईपीओमा आवेदन गर्ने २७ लाखभन्दा बढी सर्वसाधारण लाभान्वित हुने बताए ।