images
images

बरुण हाइड्रोपावरको हकप्रद शेयर आजदेखि


  • 395
    SHARES
  • २०७९ भाद्र ६ गते सोमबार

    बरुण हाइड्रोपावरको हकप्रद शेयर आजदेखि

    काठमाडौं । बरुण हाइड्रोपावरको हकप्रद शेयर आजदेखि खुल्दैछ ।  कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

    कम्पनीले १ सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गर्ने भएकोछ।

    हकप्रद निष्काशनका लागि कम्पनीले साउन २ गते बुकक्लोज गरेको थियो। यसअनुसार साउन १ गतेसम्म कायम रहेका यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। सो हकप्रदमा लगानीकर्ताले भदौ २६ गतेसम्म आवेदन दिन पाउनेछन् ।

    कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


    images
    images

    Logo