images
images

सामान्य अंकले घटेर बन्द भयो शेयर बजार, १३२ कम्पनीको शेयर मुल्यमा गिरावट


  • 453
    SHARES
  • २०७९ भाद्र ५ गते आइतबार

    सामान्य अंकले घटेर बन्द भयो शेयर बजार, १३२ कम्पनीको  शेयर मुल्यमा गिरावट

    काठमाडौं ।  गत साताका बढेर बन्द भएको शेयर बजार यो साताको सुरुवातको दिनै ओरालो लागेको छ । नेपाल स्टक  एक्सचेञ्ज (नेप्से) ७.७२ अंकले घटेर २ हजार ६० दशमलव ५५ बिन्दुमा पुगेको छ । आइतबार कारोबारमा आएका २ सय १८ स्क्रिपको  २ अर्ब १ करोड रुपैयाँ बराबरको  ५२ लाख ४८ हजार कित्ता शेयर किनबेच भएको छ ।

    आज ४७ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय २३ कम्पनीको शेयर मुल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । १३ उपसमूहमध्ये आज४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको घटेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेका छन्।

    नेप्से ओरालो लाग्दा आज रिडी पावरको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको १२ करोड १० लाख ६९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, अपी पावरको ९ करोड ६७ लाख ९२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेष्डो समृद्धि लघुवित्तको ७ करोड ४४ लाख १९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भन नेपाल टेलिकमको ६ करोड ५० लाख २० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    साताको पहिलो दिन मन्दाकीनी हाइड्रोपावर कम्पनी र अप्पर हेवाखोला हाइड्रोपावर शेयरमूल्यमा सर्किट लागेको छ । 


    images
    images

    Logo