काठमाडौं । धौलागिरि लघुवित्तको आईपीओ साेमवार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार ३० हजार ९ सय २९ जनाले मात्र उक्त आईपीओ पाउने भएका छन् ।
सो आईपीओमा मागभन्दा ७०.२२ गुणा बढी आवेदन परेको छ । यसकारण आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १९ लाख २१ हजार ५३१ जनाको भने हात खाली हुने भएको छ ।
कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको थियो । जसमा कुल १९ लाख ५२ हजार ४ सय ६० जनाले २ करोड १७ लाख २१ हजार ५ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । त्यस्तै, २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।