images
images

मुक्तिनाथ क्यापिटलको हकप्रद शेयरमा आवेदन दिने समय थपियो


  • 488
    SHARES
  • २०७९ भाद्र ५ गते आइतबार

    मुक्तिनाथ क्यापिटलको हकप्रद शेयरमा आवेदन दिने समय थपियो

    काठमाडौं । मुक्तिनाथ क्यापिटलको हकप्रद शेयरमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ (१ः१) को अनुपातमा हकप्रद शेयर जारी गरेको थियो सो हकप्रदमा आवेदन दिने समय थप गरिएको हो । 

    सो हकप्रदमा अब भदौ १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसअनुसार कम्पनीले १ सय रुपैयाँ अंकित दरका २० करोड २५ लाख रुपैयाँ बराबरको २० लाख २५ हजार  कित्ता हकप्रद जारी गरेको छ। 

    कम्पनीले हकप्रद जारी गर्नका लागि गत कार्तिक २३ गते विशेष साधारणसधा गरेको थियो । सो सभाबाट पारित भएबमोजिम क्यापिटलले  हकप्रद जारी गरेको हो । 


    images
    images

    Logo