काठमाडौं । पिपुल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपछि साउन ३१ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले २४ लाख ६७ हजार ४ सय कित्ता शेयर निष्काशन गर्न लागेको छ। जसमध्ये ४९ हजार ३ सय ४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने १ लाख २३ हजार ३ सय ७० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएइको छ ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ता शेयरसम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
सो आईपीओमा आवेदन दिन लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट दिन सक्नेछन्।



