काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको छ । कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिकाका वडा नं १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि शेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।
सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ।