काठमाडौं । भदौ लागेसँगै पुँजी बजारले सकारात्मक संकेत देखाएको छ । यो साता सेयर बजारको परिसूचक नेप्से ३०.३४ अंक बढेर २ हजार ६८ दशमलब २६ विन्दुमा पुगेको छ । बजार खुलेको ५ कारोबार मध्ये २ कारोबार दिन उकालो लागेसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो।
यस साता सोमबार र विहीबार भने शेयर बजार बढेको थियो । यो साता नेप्से परिसुचक बढेपनि कारोबार भने गत साताको तुलनामा घट्न पुगेको छ । गत साता दैनिक औषतमा २ अर्ब ४१ करोडको शेयर कारोबार भएको बजारमा यस साता २ अर्ब १० करोडको मात्र शेयर कारोबार भएको छ।
गत साताको अन्त्यसम्ममा २९ खर्ब १० अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण, यस साता ५३ अर्ब रुपैयाँ बढेर २९ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। साताको पहिलो दिन आइतबार परिसूचक नेप्से २७.९२ अंक घटेको थियो । सो अंकको वृद्धिपछि २ हजार १० दशमलव १ विन्दुमा पुगेको थियो।आइतबार१ अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
दोस्रो दिन सोमबार फेरि नेप्से ५५.८८ अंकले बढेर २ हजार ६५ दशमलव ८९ विन्दुमा पुगेको थियो । भने यस दिन २ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको थियो । मंगलबार २४.८३ अंकले घटेर २ हजार ४१ दशमलव ६ विन्दुमा पुगेको थियो । बुधबार थप ०.३६ प्रतिशत घटेर २ हजार ४० दशमलव ७० अंकमा ओर्लियो ।
त्यस्तै, साताको अन्तिम दिन बिहीबार २७.७२ अंकले बढेर २ हजार ६८ दशमलव ४२ विन्दुमा पुगेको थियो। शुक्रबार भने सार्वजनिक विदाका कारण कारोबार भएन ।यस साता ५ स्टकको ५ करोड ३ लाख ७३ हजार ९ सय ४९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता मर्जर पछि रिडी हाइड्रोपावरको शेयर, मन्दाकिनी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिकको आईपीओ सूचीकृत भएको हो भने सिद्धार्थ बैंकको ऋणपत्र सूचीकृत भएको थियो । अहिले नै बैंकहरुले संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटेका छन् । धमाधम लाभांशको सिजन सुरु भएको छ ।



