काठमाडौं । राधी विद्युत कम्पनील हकप्रद शेयर निष्काशनका लागि बुकक्लोज मिति तोकेको छ। कम्पनीले १ः१.४७५२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नको लागि भदौ १२ गते बुकक्लोज गर्न लागेको हो ।
यस अनुसार भदौ ११ गतेसम्म कारोबार भएका शेयरधनीहरुले सो कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजी ६४करोड ६४ लाख बराबरको प्रतिशेयर १ सय अंकित दरमा १ कित्ता साधारण शेयर बराबर अर्को नयाँ १.४७५२ कित्ता शेयरको अनुपातमा ९५ करोड ३५ लाख रुपैयाँ बराबरको ९५ लाख ३५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ।