images
images

२ कम्पनीको साधारणसभा आज हुँदै, कस्को के छ एजेण्डा ?


  • 687
    SHARES
  • २०७९ भाद्र ३ गते शुक्रबार

    २ कम्पनीको साधारणसभा आज हुँदै, कस्को के छ एजेण्डा ?

    काठमाडौं । आज २ वटा कम्पनीको साधारणसभा हुँदैछ । शुक्रवार अपर तामाकोशी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरले साधारण सभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेका कम्पनीमा अपर तामाकोशी हाइड्रोपावरले नेपाल प्रज्ञा पतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले पुँजी वृद्धि गर्ने,१ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने, र लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ । 

    त्यस्तै, हिमाल दोलखा हाइड्रोपावरले लिसारा हल, नक्साल, काठमाडौंमा बिहान ११ बजे नै बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा १ः०.७५ अनुपातमा हकप्रद शेयर जारी गर्ने, पुँजी वृद्धि गर्ने, लेखा परीक्षक र निर्देशकहरूको नियुक्ति गर्ने लगायतका रहेका छन् । 


    images
    images

    Logo