images
images

१ सय ७१ कम्पनीको शेयर मुल्य बढ्दा २ अर्ब माथिकाे कारोबार 


  • 367
    SHARES
  • २०७९ भाद्र २ गते बिहीबार

    १ सय ७१ कम्पनीको शेयर मुल्य बढ्दा २ अर्ब माथिकाे कारोबार 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.७२ अंकले बढेर २ हजार ६८ दशमलव ४२ विन्दुमा पुगेको छ । आज २ सय २० स्क्रिपको २ अर्ब ५ करोड रुपैयाँ बराबरको ५१ लाख १ कित्ता शेयर किनबेच भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ।

    विहीबार १ सय ७१ कम्पनीको शेयर मुल्य बढेको छ । १२ कम्पनीको शेयर मुल्य घटेको छ भने ३ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । 

    आज कारोबारमा आएका सवै उपसुचकमा हरियाली छाएको छ । जसमध्ये विकास बैंक र वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेका छन्। त्यसैगरी, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापार, लघुवित्त, उत्पादन तथा प्रशोधन र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सवैभन्दा धेरै रिडी पावरको कारोबार भएको छ । यस कम्पनीको १० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, अपी पावरको ७ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    त्यस्तै, शिबम् सिमेन्टको ६ करोड ३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण कावेरी पावरको ५ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    आज २ कम्पनीकोे शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा मन्दाकिनी हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिक रहेका छन् ।  श्वेतगंगा हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयर करिव १० प्रतिशत बढेको हो।


    images
    images

    Logo