images
images

बैंक अफ काठमाण्डूको ऋणपत्र आजदेखि


  • 424
    SHARES
  • २०७९ भाद्र २ गते बिहीबार

    बैंक अफ काठमाण्डूको ऋणपत्र आजदेखि

    काठमाडौं । बैंक अफ काठमाण्डूको ऋणपत्र आजदेखि खुल्दैछ । बैंकले ७ वर्ष अवधिको वार्षिक १०.५० प्रतिशत ब्याजदरमा बैंकले ‘बिओके डिबेन्चर, २०८६ (क)’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । 

    बैंकले १ अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ। जसमध्ये ४४ करोड रुपैयाँ बराबरको ४ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६६ करोड रुपैयाँ बराबरको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये अर्थात २२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

    उक्त ऋणपत्र छिटोमा भदौ ७ गतेसम्ममा र ढिलामा भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ। सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।


    images
    images

    Logo