काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट करिब ४९ ग्रामको २ थान सुनको बेरुवा औठी र १ थान आईफोन–१३ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा २६ वर्षीय शिखर कुमार उपाध्याय, ४६ वर्षीय बुद्धी बहादुर थिङ, २० वर्षीय नारायण थापा मगर र ३२ वर्षीय राज कुमार योन्जन तामाङ रहेका छन् ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका शिखरलाई जाँच गर्ने क्रममा उक्त औंठी र मोबाइल सहित शिखर र अन्य तीन जना समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।