काठमाडौं । आजदेखि सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । सरकारले विद्युतीय चुलोको प्रयोगमा प्रोत्साहन गर्नका लागि आजैदेखि सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजानका लागि रोकिएको हो ।
आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो । सो नीतिलाई लागु गर्दै सिंहदरबारले ग्यास सिलिण्डर रोक लगाएको छ ।