images
images

आजको मौसम : यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना


  • 453
    SHARES
  • २०७९ भाद्र १ गते बुधबार

    आजको मौसम : यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

    हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। 

    बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो प्रदेश १ मा सामान्य बदली रहि देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। त्यस्तै, प्रदेश १ र बागमती प्रदेशका केहि तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज राती भने देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका अन्य भूभागमा आंशिक बदली रहनेछ।देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।


    images
    images

    Logo