काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर गएको गाडी बन्चरेडाँडामा पुगेपछि स्थानीयवासीले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस र ५ राउण्ड हर्वाइफायर गरेको छ । फोहोर बाकेर गएको गाडीलाई स्थानीय बासीले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो ।
बञ्चरेडाँडामा प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारीलाई लखेटेपछि डाँडामा रहेका स्थानीयले ढुंगा लडाएका हुन् । त्यसपछि स्थानीयले ढुंगामुढा गर्ने थालेपछि प्रहरीले ५ राउण्ड हर्वाइफायर गरेको थियो । यस झडपपछि फाेहाेर विसजन पनि राेकिएकाे छ ।