images
images

विद्युतका २७१ सेवाग्राही कालोसूचीमा


  • 325
    SHARES
  • २०७९ श्रावण ३१ गते मंगलबार

    विद्युतका २७१ सेवाग्राही कालोसूचीमा

    चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २ सय ७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने ती सेवाग्राहीलाई कालो सूचीमा राखिएको हो ।

    उनीहरुबाट ७९ लाख ३९ हजार ६ सय ९० बक्यौता उठाउन बाँकी छ । केन्द्रका सूचना अधिकारी अच्युतराज विष्टका अनुसार छ महिनासम्म पनि महशुल नबुझाउनेको लाइन काट्नाका साथै कालोसूचीमा राख्ने गरिएको छ ।
     
    कालोसूचीमा परेका ग्राहकलाई तीन पुस्तासम्म मिटरबक्ससहित विद्युत् उपलब्ध नगराउने गरी कारबाही गरिने उनले जानकारी दिए । कार्यालयका अनुसार केन्द्रमा हाल ६३ हजार ३ सय ५० सेवाग्राही रहेका र  तिनबाट वार्षिक १८ करोड ८९ लाख १० हजार ८ सय १५ युनिट विद्युत् खपत हुँदा वार्षिक १ अर्ब ९४  करोड ८१ लाख ८३ हजार महसुल उठेकोे छ ।

    गत आर्थिक वर्षमा समयमा महसुल नतिर्ने एक हजार ७ सय ४६ सेवाग्राहीको लाइन काटिएको थियो । उनीहरुमध्ये एक हजार ५ सय ४५ सेवाग्राहीको लाइन पुनः जडान गरिएको र  सय एक  सेवाग्राही सम्पर्कमा नआएको उनले जानकारी दिए । लाइन काटिएका सेवाग्राहीबाट ४ करोड ४३ लाख ६० हजार महसुल असूली गरिएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo