images
images

कर्मचारीको नयाँ तलवमान सार्वजनिक, मुख्य सचिवको ८३ हजारभन्दा बढी


  • 513
    SHARES
  • २०७९ श्रावण ३१ गते मंगलबार

    कर्मचारीको नयाँ तलवमान सार्वजनिक, मुख्य सचिवको ८३ हजारभन्दा बढी

    काठमाडौं । कर्मचारीको नयाँ तलवमान सार्वजनिक भएकाे छ । अर्थमन्त्री जनर्दन शर्माले सवै तहको कर्मचारीको तलव १५ प्रतिशतले बृद्धि घोषणा गरेका थिए सोही अनुसार अर्थ मन्त्रालयले सोमबार नयाँ तलवमान सार्वजनिक गरेको हो । 

    मन्त्रिपरिषदको बैठकले साउन १ गतेदेखि लागु हुने गरि तलब वृद्धि गरेपछि अर्थ मन्त्रालयले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहमा विभिन्न तहमा कार्यरत कर्मचारीको तलब सार्वजनिक गरेको छ ।

    त्यस्तै, मन्त्रालयले सार्वजनिक गरेअनुसार मुख्य सचिवको २ ग्रेडसम्मको ८३ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ भने प्रधानसेनापतिको तलब पनि २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपैयाँ नै पुगेको छ भने प्रहरी महानिरिक्षकको २ ग्रेड सहित ७६ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ । त्यस्तै कार्यालय सहयोगी प्रथमस्तरका कर्मचारीको तलब २६ हजार ३ सय ४८, द्धितीय स्तरको २७ हजार ८ सय २० रुपैयाँ कायम भएको छ ।

     

     


    images
    images

    Logo