images
images

रसुवागढी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 666
    SHARES
  • २०७९ श्रावण ३१ गते मंगलबार

    रसुवागढी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । रसुवागढी हाइड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि कुल ६८ लाख ४२ हजार कित्ता शेयर विक्री गर्न लागेको थियो। सो आईपीओमा  आवेदन दिने आज अन्तिम दिन हो।

    कम्पनीले जारी गरेको कुल शेयरमध्ये आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको अति प्रभावित गोसाइकुण्ड गाँउपालिको वडा नं. १ र २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदीङगो गाउँपालिको वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमे र बाँकी गोसाइकुण्ड गाँउपालिको वडा नं. ३, ४, ५, र ६ साथै सामान्य प्रभावित बाँकी जिल्लाबासीहरुलाई आईपीओ निष्काशन गर्ने लागेको हो । 

    उक्त आईपीओमा न्युनतम १ सय कित्ता र अधिकत्म ७   सय कित्ता आवेदन दिन सकिनेछ । सो कम्पनीको आईपीओको निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।


    images
    images

    Logo