images
images

पिपुल्स पावरको २४ लाख ६७ हजार कित्ता आईपीओ आजदेखि


  • 429
    SHARES
  • २०७९ श्रावण ३१ गते मंगलबार

    पिपुल्स पावरको २४ लाख ६७ हजार कित्ता आईपीओ आजदेखि

    काठमाडौं । पिपुल्स पावरको आईपीओ आजदेखि खुल्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपछि अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले २४ लाख ६७ हजार ४ सय कित्ता शेयर निष्काशन गर्न लागेको छ। जसमध्ये ४९ हजार ३ सय ४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने १ लाख २३ हजार ३ सय ७० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएइको छ । 

    उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ता शेयरसम्मका लागि आवेदन दिन सक्नेछन्। यस्तो निष्काशन बन्द छिटोमा भदौ ५ गते हुनेछ भने ढिलोमा १४ गतेसम्म लम्बिनेछ।

    सो आईपीओमा आवेदन दिन लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट दिन सक्नेछन्।


    images
    images

    Logo