images
images

स्वास्थ्य बिमामा करिब २१ अर्ब भुक्तानी


  • 340
    SHARES
  • २०७९ श्रावण ३० गते सोमबार

    स्वास्थ्य बिमामा करिब २१ अर्ब भुक्तानी

    काठमाडौं । सरकारले स्वास्थ्य बीमासम्बन्धी कार्यक्रममा अहिलेसम्म करिब २१ अर्ब भुक्तानी गरेको छ । छ वर्षको समयावधिमा देशका ७० जिल्लाका करिब ५९ लाख नागरिक समावेश भएको यस कार्यक्रममा अझै ५ अर्ब भुक्तानी गर्न बाँकी छ ।


    नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको जानकारी दिए । 

    प्रत्येक वडामा स्वास्थ्य चौकी तथा पालिकामा १५ शय्याको अस्पताल स्थापना गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले पालिका, प्रदेश र केन्द्रका अस्पतालबाट विभिन्न ९८ प्रकारका औषधि जनतालाई निःशुल्क प्रदान गर्ने गरेको बताए ।   

    स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले बीमा कार्यान्वयनमा देखिएका अवरोध तथा समस्याबारे जानकारी दिए। महासङ्घका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, बीमा विज्ञ बाबुराम हुमागाईं, बिमक सङ्घका अध्यक्ष चङ्की श्रेष्ठलगायतले आम नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा पु¥याउन सुरु गरिएको यो कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। काठमाडौँ, ललितपुरलगायत सात जिल्लामा उक्त कार्यक्रम छिट्टै सञ्चालन हुने जनाइएको छ ।


    images
    images

    Logo